amarbastischool123@gmail.com 9848820933
Shree Rastriya Secondary School श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School पुनर्बास-११, कंचनपुर • स्थापना 2034 B.Sपुनर्बास-११, कंचनपुर • Est. 2034 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री राष्ट्रियShree Rastriya

About school
हाम्रो कथाOur story

विद्यालयको बारेमाAbout school

देशका विभिन्न ठाउँहरूवाट विभिन्न दैवीय प्रकोपले पीडित भएका कारणले सुकुम्वासी जीवन व्यतीत गर्न वाध्य भएका जनतालाई तत्कालीन नेपाल पुनर्वास कम्पनी प्रा.लि. योजना कार्यालय, कञ्चनपुरवाट जग्गा प्राप्त गरी २०३४ सालमा यस क्षेत्रमा स्थायी बसोवास गर्दै आउने क्रममा नेपाल पुनर्वास कम्पनी प्रा.लि. कञ्चनपुरले साविक वाइसी विचवा गाउँ विकास समिति अन्तर्गत वडा नं. ८ र ९ को बीचमा पर्ने गरी (हाल पुनर्वास नगरपालिका—११) ६ विगाह जमिन विद्यालय स्थापनाका लागि उपलब्ध गराई तत्कालीन योजना प्रमुख श्री बुद्धि बहादुर बुढाथोकी ज्यू लगायतका स्थानीय अभिभावक श्री सुरेन्द्र थापा, श्री पहलमान तामाङ, श्री बल बहादुर तामाङ, श्री धर्म सिंह खडका, श्री बामदेव घिमिरे, श्री गोमती सुनार, गोमादेवी पाठक लगायतका अन्य समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमीको प्रस्ताव तथा अग्रसरतामा उहाँहरूकै अथक प्रयासबाट मिति २०३४ साल माघ २३ गतेको शुभ दिनबाट कक्षा १ देखि ३ सम्म कक्षा सञ्चालन सुरु गरी पुनर्वास ग्रामीण आवास कम्पनीबाट २०३४।११।१० गते विद्यालय सञ्चालन अनुमति प्राप्त गर्दैै सोही मितिमा सुदूरपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जवाट समेत विद्यालय सञ्चालन अनुमति प्राप्त गरि साविक बाइसी विचवा गा.वि.स. वडा नं. ८ अमरबस्तीमा श्री राष्ट्रिय प्राथमिक विद्यालय, अमरवस्ती नामाकरण भई यस विद्यालयको स्थापना भयो । जसको सञ्चालन र रेखदेखका लागि समाजसेवी श्री सुरेन्द्र वहादुर थापा ज्यूलाई संयोजक तोकियो । यसै अवस्थामा खुला चौरमा कक्षा सञ्चालन भयो ।

Due to various natural disasters affecting people from different parts of the country, many were compelled to live a landless life. To rehabilitate them, the then Nepal Resettlement Company Pvt. Ltd., Kanchanpur Plan Office, provided land in 1977 (2034 B.S.). As a result, people began to settle permanently in this area. The Nepal Resettlement Company Pvt. Ltd., Kanchanpur, allocated 6 bighas of land between Ward Nos. 8 and 9 of the then Baishi Bichwa Village Development Committee (currently Ward No. 11 of Resettlement Municipality) for the establishment of a school. With the initiative and proposal of the then Planning Chief Mr. Buddhi Bahadur Budhathoki, along with local guardians Mr. Surendra Thapa, Mr. Pahalman Tamang, Mr. Bal Bahadur Tamang, Mr. Dharma Singh Khadka, Mr. Bamdev Ghimire, Mrs. Gomati Sunar, Mrs. Gomadevi Pathak, and other social workers, intellectuals, and education enthusiasts, the school was established through their tireless efforts. On the auspicious day of 23rd Magh 2034 B.S., classes from Grade 1 to 3 were started. The school received operational permission from the Rural Housing Company on 10th Falgun 2034 B.S., and on the same date, approval was also granted by the Far-Western Regional Directorate, Nepalgunj. Thus, the school was established in Amar Basti, Ward No. 8 of the then Baishi Bichwa VDC, under the name Shree Rastriya Primary School, Amar Basti. Mr. Surendra Bahadur Thapa was appointed as the coordinator for its operation and management. At that time, classes were conducted in an open field.

विद्यालय समुदायको गहना हो भन्ने मान्यतालाई उच्च सम्मान गर्दै नव स्थापित विद्यालयलाई यहाँका जनताले उच्च उपलब्धि र सामाजिक समृद्धि र शैक्षिक उन्नयनको उत्कृष्ट गोरेटोको रुपमा अङ्गीकार गरी यस विद्यालयको सर्वाङ्गीण विकासका लागि हातेमालो गर्दै अगाडि वढ्दै गएको देखिन्छ । विद्यालयलाई शैक्षिक, भौतिक, आर्थिक र सामाजिक रुपमा सक्षम र सबल बनाउनका निमित्त यहाँका सम्पूर्ण वुद्धिजीवी, शिक्षाप्रेमी र समाजसेवीको संयुक्त पहल र प्रयासमा ६ कोठे काठको भवन तथा १ कोठे कार्यालय काठ र माटोको चिनाइ र टायलको छाना बनाई २०३४/०३५ मा भवन निर्माण गरियो । समयको गतिसँगै शैक्षिक सत्र २०४०/०४१ मा ४ र २०४१/०४२ मा कक्षा ५ को अनुमति प्राप्त गरी ५ जना शिक्षकको दरवन्दीका सहायताले पठनपाठन कार्य अगाडि बढ्यो । विद्यालयको आवश्यकता र विकसित सामाजिक धारणाले गर्दा वि.सं. २०४८/०४९ सालमा सात कोठे पक्की भवन निर्माणका लागि तत्कालीन वि.व्य.स. अध्यक्ष श्री प्रेम बहादुर थापा र प्र.अ. श्री खेमानन्द उपाध्याय गौतम लगायत शिक्षक कर्मचारीहरूवाट ५००।– देखि दुई महिना सम्मको पारिश्रमिक एवं स्थानीय जनतावाट रु. ५१।– देखि यथासक्य आर्थिक सहयोग सङ्कलन गरी वि.सं. २०५०/०५१ सालमा सातकोठे पक्की भवनको जग सम्म तयार गरियो । आर्थिक समस्याले निर्माण कार्य रोकिएको अवस्थामा स्थानीय जनता तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा २०५८/०५९ सालमा उक्त सात कोठे भवनको निर्माण कार्य सम्पन्न गरियो । समयको प्रवाहसँगै २०५७/०५८ सालमा आधारभूत प्राथमिक शिक्षा परियोजनाको अनुदान तथा जाइकाको सहयोगमा क्रमशः दुइ–दुई कोठे भवनको निर्माण कार्य सम्पन्न भयो ।

२०६१/०६२ तिर विद्यालय सुधार योजना अन्तर्गतको तथा विद्यालयमा रहेको स्रोतको समेत परिचालन गरी थप एक दुई कोठे भवन निर्माण गर्दै २०६३/०६४ मा थप एककोठे भवन निर्माण गरी पठनपाठन कार्य सहज बनाउन आवश्यक व्यवस्था गर्न सकियो र आर्थिक वर्ष २०७१/०७२ मा जि.शि.का., गा.वि.स. र विद्यालयको लगानीवाट पूर्ण पक्की भवन निर्माण गरिएको छ । विद्यालयको महत्वपूर्ण पक्ष शैक्षिक समृद्धि नै हो । वि.सं. २०३४ मा कक्षा १ देखि ३ सम्मको अध्यापन अनुमति प्राप्त पाएको यस विद्यालयले वि.सं. २०४०/०४१ मा कक्षा ४ र २०४१/०४२ मा ५ को अनुमति प्राप्त गरी राष्ट्रिय प्राथमिक विद्यालय अमरवस्ती बन्न पुग्यो । यसै गरी यहाँको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै निम्न माध्यमिक तह सञ्चालन गर्नु मुनासिब देखिएकोले वि.सं. २०६२ मा कक्षा ६ र २०६३ मा ७ र २०६४ मा कक्षा ८ को अध्यापन अनुमति प्राप्त गरी शैीक्षक वर्ष २०६४/०६५ मा निम्न माध्यमिक तहमा अध्यापन गर्न तीन राहत दरबन्दी समेत प्राप्त भएको देखिन्छ । समय वढ्दै जाँदा यस विद्यालयले वि.सं. २०६६ मा कक्षा ९ सञ्चालन गरी २०६७ मा कक्षा १० को अनुमति प्राप्त गरी २०७१/०७२ मा माध्यमिक तहको स्वीकृत दरवन्दी प्राप्त गरी श्री राष्ट्रिय माध्यमिक विद्यालय सञ्चालित भयो ।

Respecting the belief that “a school is the jewel of the community,” the newly established school was embraced by the local people as a path toward high achievement, social prosperity, and educational advancement. For the holistic development of the school, intellectuals, education lovers, and social workers jointly constructed a six-room wooden building and a one-room office with wooden and mud walls and tiled roofing in 2034/035 B.S. With time, in the academic session of 2040/041 B.S., permission was granted to run Grade 4, and in 2041/042 B.S., Grade 5 was added. Teaching activities progressed with the support of five approved teacher positions. Due to growing needs and social development, in 2048/049 B.S., construction of a seven-room concrete building was initiated under the leadership of then VDC Chairman Mr. Prem Bahadur Thapa and Headmaster Mr. Khemnanda Upadhyay Gautam. Teachers contributed two months’ salary ranging from Rs. 500 onwards, while local people collected financial support starting from Rs. 51. By 2050/051 B.S., the foundation of the seven-room building was completed. Although construction halted due to financial constraints, with the support of local people and various governmental and non-governmental organizations, the building was completed in 2058/059 B.S. Similarly, in 2057/058 B.S., with grants from the Basic Primary Education Project and support from JICA, two additional two-room buildings were constructed.

Around 2061/062 B.S., under the School Improvement Plan and mobilization of local resources, another two-room building was constructed, followed by a one-room building in 2063/064 B.S., making teaching more convenient. In fiscal year 2071/072 B.S., a fully concrete building was constructed with investments from the District Education Office, VDC, and the school itself. The most important aspect of the school is educational prosperity. Starting with permission to run Grades 1 to 3 in 2034 B.S., the school gradually expanded to Grade 4 in 2040/041 B.S. and Grade 5 in 2041/042 B.S., becoming Shree Rastriya Primary School, Amar Basti. Considering the growing educational needs, permission was granted to run lower secondary levels: Grade 6 in 2062 B.S., Grade 7 in 2063 B.S., and Grade 8 in 2064 B.S. In the academic year 2064/065 B.S., three relief teacher positions were also approved. With time, Grade 9 was introduced in 2066 B.S., and Grade 10 in 2067 B.S. In 2071/072 B.S., the school received approved teacher positions for the secondary level, officially becoming Shree Rastriya Secondary School.

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201444661
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

बालकेन्द्रित रचनात्मक सिकाइ मार्फत उच्चतम सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, स्वयम् प्रेरित एवम् लगनशील जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा विकास हुने छ ।The institution will be developed as one that ensures the highest level of learning achievement through child‑centered creative learning, thereby producing competitive, self‑motivated, and diligent human resources.

लक्ष्यMission

श्री राष्ट्रिय माध्यमिक विद्यालय, अमर बस्ती, सबैका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न समर्पित छ। हामी शैक्षिक उत्कृष्टता, सामुदायिक सहभागिता, तथा सुरक्षित, बालमैत्री वातावरणलाई प्रवर्द्धन गर्दछौं। हाम्रो मिशन विद्यार्थी‑केन्द्रित सिकाइ, सृजनशीलता, तथा प्रतिस्पर्धात्मकतालाई पोषण गर्दै आत्मप्रेरित, परिश्रमी मानव संसाधन विकास गर्नु हो, जसले समाजमा अर्थपूर्ण योगदान पुर्‍याउँछन्।Shree Rastriya Secondary School, Amar Basti, is dedicated to providing access to quality education for all. We foster academic excellence, community participation, and a safe, child‑friendly environment. Our mission is to nurture student‑centered learning, creativity, and competitiveness while developing self‑motivated, diligent human resources who contribute meaningfully to society.

मूल्यValues

- औसत सिकाइ उपलब्धि वृद्धिगर्ने - विद्यालय वातावरणलाई सुरक्षित हरियाली एवम् बालमैत्री बनाउने - विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गर्ने - विद्यालयका सबै कार्यकलापमा समुदाय/अभिभावकको संलग्नता बढाउने - बालबालिकामा स्वच्छ प्रतिस्पर्धात्मक बानी विकास गर्नेIncrease average learning achievement Make the school environment safe, green, and child‑friendly Create a student‑centered learning environment Enhance community/parent involvement in all school activities Develop clean and competitive habits among children

इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

Mr. Navaraj Pandey
प्रधानाध्यापकको सन्देशPrincipal's message

श्री नवराज पाण्डेयMr. Navaraj Pandey

विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय (Better school), राम्रो शिक्षण (Better teaching) र राम्रो सिकाइ (Better learning), को सुनिश्चितता प्रदान गर्नु हामी सबैको दायित्व हो । विद्यालयम…Ensuring better schools, better teaching, and better learning for the improvement of educational quality is the responsibility of all of us. Supporting the school in enhancing educational standards is…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Mr. Tek Bahadur Khadka
अध्यक्षको सन्देशChairman's message

श्री टेक बहादुर खड्काMr. Tek Bahadur Khadka

विद्यालयको आफ्नै पहल, सरोकारवालाहरू सँगको सहकार्य एवम् समन्वयबाट शिक्षण सिकाइमा सुधार ल्याउनु विद्यालयको मुख्य उद्देश्य हो । विद्यालय सुधारमा योजना निर्माण, कार्यान्वयन र समीक्षामा विव्यसको भूमिका निर…The main objective of the school is to improve teaching and learning through its own initiatives, cooperation, and coordination with stakeholders. In school improvement, the role of the Village Develo…

पूरा सन्देश पढ्नुहोस् →Read full message →